Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

निर्वाचन खर्चमा १० अर्बको सीमा

निर्वाचन खर्चमा १० अर्बको सीमा

  • काठमाडौँ । अर्थ मन्त्रालयले निर्वाचन खर्च १० अर्बभित्र राख्न सीमा तोकेको छ। निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग आगामी चुनावका लागि १० अर्ब ९८ करोड बजेट माग गरेको थियो तर मन्त्रालयले १० अर्बको सीमा तोक्दै बजेट स्वीकृत गरेको हो।

    onlinepatrika
    Arghakhachi

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मन्त्रालयले स्वीकृत गरेबमोजिम आयोगले अब विभिन्न शीर्षकका लागि बजेट परिमार्जन गर्ने बताए । निर्वाचनमा परिचालन हुने जनशक्तिको बीमा, निर्वाचन शिक्षा तथा मतदान सामग्री खरिद शीर्षकको बजेट मिलाउनेछ।

    AGNI GROUP

    बोलपत्र आह्वान गरिएकोमा आयोगले तोकेको न्यूनतम मूल्यभन्दा कममा कबोल भए निर्वाचन सामग्री खरिद र जनशक्तिको बीमामा घट्ने सम्भावना छ। बीमाका लागि आयोगले करिब १६ करोड बजेट तय गरे पनि १० करोडभित्रै खर्च हुने अनुमान गरेको छ। आयोगले माग गरेको बजेटमा करिब छ अर्ब जनशक्ति व्यवस्थापन शीर्षकमा छुट्याइएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij