Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो।
संघीय सरकारले ८ कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिन र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको बैठकले खाजा खर्च नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। यसका साथै महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक पनि राख्ने प्रस्ताव गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij