Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले १७ संस्थालाई कर बुझाउन पत्र काटेको छ। आज मंगलबार महानगरले पत्र लेख्दै १० दिनभित्र ती संस्थाहरुलाई सम्पत्ति कर बुझाउन ताकेता गरेको हो।
महानगरपालिका अनुसार सम्पत्ति कर नबुझाउनेमा हाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरवि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि र डेन्टल कलेज रहेका छन्।
महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक–पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि उनीहरूले सम्पत्ति कर नबुझाएको महानगरले जनाएको छ। उक्त पत्रमा सो कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुल उपर गरिने बताइएको छ । 
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij