Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहमाथि अनुसन्धान गर्नका लागि पुन: पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्याएको आरोपमा सिंहलाई प्रहरीले पक्राउ गरिएको थियो।
‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो।
सो कमेडी भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सिंहको आलोचना भएको थियो। उक्त कमेडीको विरोध गर्दै नेवा समुदायका अभियन्ताहरुले कारबाहीको माग गर्दै प्रहरी परिसरमा जाहेरी दिएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij