Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

९० दिनभित्र नक्सा स्वीकृत गर्न महानगरपालिकाको निर्देशन

९० दिनभित्र नक्सा स्वीकृत गर्न महानगरपालिकाको निर्देशन

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र निर्माण गरिएका सरकारी, संस्थागत, निजी अथवा जुनसुकै प्रकृतिको भवन भए पनि ९० दिनभित्र नक्सा पेश गरी नक्सा स्वीकृत गर्न निर्देशन दिएको छ। बिहीबार सूचना प्रकाशित गर्दै नक्सा पेस गरी नक्सा स्वीकृत रनियमित गर्न निर्देशन दिएको हो।

    onlinepatrika
    Arghakhachi

    महानगरले नगर सभाको एघारौँ अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरूप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई एक वर्षभित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ भन्ने नीतिसमेत उल्लेखित भई पारित भएकाले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको  जनाएको छ।

    AGNI GROUP

    महानगरले तोकिएको समयभित्र नक्सा पेस नगरे त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन एन २०७७ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

    no.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij