Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इम्बोस्ड नम्बर प्लेट नराख्ने सरकारी गाडीलाई अब कारबाही

इम्बोस्ड नम्बर प्लेट नराख्ने सरकारी गाडीलाई अब कारबाही

  • काठमाडौं । सबै सरकारी कार्यालयले आफ्ना सवारीसाधनमा फागुन महिनाभित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    फागुन महिनाभित्र सबै सरकारी गाडीहरुले इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिंदै यातायात व्यवस्था विभागले सो अनुसार नगर्ने गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुई हजार रुपैयाँ जरिवाना लगाइने चेतावनीसमेत दिएको छ ।

    AGNI GROUP

    विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यातायात व्यवस्था विभागको वेबसाइटमा गई ईम्बोस्ड नम्बर प्लेटका लागि अनलाइन निवेदन दिन सकिने र नजिकको यातायात व्यवस्था कार्यालयमा राजश्व विवरण तिरी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताए ।

    काठमाडौं उपत्यकाको हकमा भने यातायात व्यवस्था कार्यालयमा राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग मिनभवनमा गई नम्बर प्लेट जडान गर्न सकिन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij