
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । साइप्रस पठाइदिन्छु भनेर ठगेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएर काठमाडौंको पुरानो बानेश्वर बस्ने ३० वर्षीय विनोद लुहारलाई पक्राउ गरेको छ । लुहारले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ठगेको आरोप छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार साइप्रसस्थित होटलमा मासिक १ लाख ५० हजार तलब हुन्छ भनेर आरोपीले ठगेका छन् ।
‘वर्किङ भिषा’मा पठाउँछु भनेर रकम लिएपछि उनी सम्पर्कबिहीन भएका थिए । उनलाई कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको एसपी कोइरालाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij