Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुर्खेत जिप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

सुर्खेत जिप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

  • काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा भएको जिप दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहान छिन्चुदेखि सुर्खेततर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    AGNI GROUP

    साथै प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित दुर्घटना भई चार जना यात्रुको निधन भएको खबरले स्तब्ध तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij