Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    झुट्टा बिल भरपाई तयार गरी भुक्तानी लिन-दिने गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अङ्गद बहादुर शाही र तत्कालीन स्टोर किपरसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    AGNI GROUP

    स्वास्थ्य प्रमुख शाही र स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटि ग्लोभ्स समेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा  खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिन-दिने गरेको अख्तियारको ठहर छ ।

    यसैगरी बाँकेको डुडुवा गाउँ कार्यपालिकाको कार्यालयमा सी.अ.हे.व.छैटौँ पदमा कार्यरत सिताराम चौधरीले सञ्चालनमा नै नरहेको फार्मेसी सञ्चालनमा रहेको भनी अनधिकार तरिकाले अरु व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको आरोपमा प्रतिवादीहरू अङ्गद बहादुर शाही र गोविन्द खनालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसूरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij