Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सिंगापुरलगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीले सोलु दूधकुण्ड नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो। थप कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।
उनले वैदेशिक रोजगारीका लागि सिंगापुर, अफगानिस्तानलगायतका देशमा पठाइदिने प्रलोभन दिई भीमबहादुर रानालगायत ७ जनालाई प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी ५७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij