Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहको निर्देशन

लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहको निर्देशन

  • काठमाडौं । गृह मन्त्रालयले हिजो काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनको क्रममा लोत्से मलमा रहेको मोबाइल पसल तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरूलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सचिव विनोद प्रकाश सिंहले हिजो भएको घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलाई निर्देशन दिएका हुन् ।

    AGNI GROUP

    हिजो नयाँ बसपार्कको बुधमहल अगाडि यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलको मोबाइल पसलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरूले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए भने लोत्से र कान्तिपुर महलका सिसाहरू पनि तोडफोड गरेका थिए ।

    त्यस्तै प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको डीएसपी चढ्ने भ्यान, प्रहरी भ्यान जलाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij