Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । काठमाडौँको बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई बुधबार सार्वजनिक गरेका हो । सोमबार भएको आन्दोलनमा तोडफोड गर्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसएसपी दानबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन् ।



© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij