Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालाजु प्रदर्शनमा संलग्न थप १५ जना पक्राउ

बालाजु प्रदर्शनमा संलग्न थप १५ जना पक्राउ

  • काठमाडौँ । बालाजुको प्रदर्शनमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीले सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा काभ्रे घर भएका सुरज मगर, उदयपुरका रितेश बस्नेत, मोरङ बेलबारी घर भएका यमन राई, नुवाकोट घर भएका सुनिल कालिकोटे, माछा पोखरी घर भएका रोमन नगरकोटी, नुवाकोट घर भएका सुदिप तामाङ, माछा पोखरीमा व्यापार गर्ने माधव शाही, नुवाकोट घर भएका १९ वर्षीय केशव राई, सिन्धुली घर भएका इन्द्र तामाङ रहेका छन् । 

    AGNI GROUP

    त्यस्तै धादिङ घर भएर तार्केश्वर बस्ने चालक ईलाराज गुरुङ, उदयपुर घर भएका सह–चालक राजन राउत, काभ्रे घर भएका चालक हरिशरण तामाङ, धादिङ घर भएका सहचालक विकास गुरुङ, चितवन घर भएका चालक संविधान परियार र सामाखुसी घर भएर होटेलमा वेटर काम गर्ने कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij