Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रहरीले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई बुधबार पक्राउ गरेको हो। परिसरका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीका अनुसार चेक बाउन्स सम्बन्धी उजुरी परेपछि भेटवाललाई पक्राउ गरिएको हो।
उनीमाथि ठूलो रकम ठगी गरेको भन्दै उजुरी परेको थियो। अहिले काठमाडौंस्थित पूरानो बसपार्क २९ तलाको काठमाडौं भ्यू टावरको ठेक्का पाएर भेटवालले निर्माण कार्य गरिरहेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij