Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महिला, बालबालिका तथा जेष्ठ नागरीक विरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धी छलफल

महिला, बालबालिका तथा जेष्ठ नागरीक विरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धी छलफल

  •  ललितपुर । जिल्ला प्रहरी कार्यालय ललितपुर जावालाखेलमा महिला, बालबालिका तथा जेष्ठ नागरीक विरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा रणनीति बनाउन सरोकारवाला पक्ष सहितको छलफल कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शिद्धी विक्रम शाहको अध्यक्षतामा भएको हो । 

    onlinepatrika
    Arghakhachi

    यस सरोकारवाल पक्ष सहितको छलफलबाट विभिन्न सुझावहरु राखेका छन् । जस अनुसार निम्न प्रकारका छन् 

    AGNI GROUP

    १. निति निमार्ण गर्दा उमेर अनुसार कानुन बनाउनुपर्ने ।
    २. जनचेततामुलक कार्यक्रममा वृद्धि गर्नुपर्ने ।
    ३. निति निमार्ण गर्दा पुरुष र महिला दुवैलाई मध्यनजर गर्नुपर्ने ।
    ४. कानुनी र प्रजनन स्वास्थ्य शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने ।
    ५. पिडित कुनै एक लिङ्‌ग विशेष भई जुनसुकै लिङ्‌गको हुने भएकाले कानुनमा समानता ल्याउनुपर्ने ।
    ६. साइबर सुरक्षा र साइबर अपराधलाई प्राथमिकतामा राखनुपर्ने र निरन्तर अनुगमन गरिनुपर्ने ।
    ७. सडक तथा अन्नाथ बालवालिकाहरू राख्ने बालगृहको उचित मुल्याङ्कन र अनुगमन गरिनुपर्ने ।
    ८. राम्रो स्पर्श र नराम्रो स्पर्श सम्धमा बालवालिकाहरूको पूर्ण रुपमा जानकार गराउनुपर्ने ।
    ९. स्वयं सहायता समूह बनाई अपराध रोकथाम तथा नियंत्रणमा सहयोग लिने ।
    १०. समाजमा हुने अपराध नियन्त्रणमा समाजका व्यक्तिहरुलाई विभिन्न समुदायमार्फत (महिला र युवा) जिम्मेवार बनाउने ।
    ११. पिडितलाई होस्टाइल हुनबाट बचाउनुपर्ने ।
    १२. वृद्ध वृद्धाहरुको लागि पनि दिन हेरचाहको अवधारण ल्याउनुपर्ने र बनाउनुपर्ने ।
    १३. बालवालिकाहरूलाई कुलतका क्रियाकलाप (चुरोट तथा रक्सी किन्न) काममा लगाउनमा प्रतिबन्ध गर्ने ।
    १४. आत्महत्याका विषयमा थप सचेत हुनुपर्ने ।
    १५. वैज्ञानिक आधारबाट कानुनको निर्माण गरिनुपर्ने ।
    यी माथिका प्राप्त सुझावहरु महत्वपूर्ण  भएको जिल्ला प्रहरी परिसर प्रमुखले बताए । उनले प्राप्त सुझावलाई तत्काल समस्या समाधान गर्न सक्नेलाई सव्रिmय भएर अगाडी बढ्ने जानकारी दिए ।

    332479383_173206762152187_2921797226184187437_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij