Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन गर्दैछ ।
यही आउँदो चैत ९ र १० गते जिल्लाका पाँच पालिकामा बुस्टर डोज खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय ललितपुरका जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिए । ललितपुरको महाँकाल गाउँपालिकामा भने १०,११ र १२ गते बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको छ ।
जनस्वास्थ्य प्रशासक बिष्टले ५५ वर्ष माथिका सबै नागरिक, सबै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई लक्षित गरी बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij