
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि प्रस्तावित लाभांश शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो वर्ष शेयरधनीहरुलाई १८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij