Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम

  • काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन गरेको छ ।

    images
    images
    images

    तनहुँ निर्वाचन क्षेत्र नं १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं २ मा उपसचिव सूर्यप्रसाद अर्यालले तालिमको उद्घाटन गरेका छन् । ती मतदाता शिक्षा स्वयंसेवकले निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् ।

    सम्बन्धित पालिकाले उनीहरूलाई दैनिक रु एक हजार भत्ता दिनेछन् । यही चैत २७ र २८ गते उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयंसेवक तयार गर्ने गरी  तालिम सञ्चालन भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij