Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गोदावरी नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

गोदावरी नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

  • ललितपुर । गोदावरी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरभित्र विकास गतिविधि हिँडेको नभई दौडिएको दाबी गरेका छन् ।

    images
    images
    images

     सार्वजनिक सुनुवाई कार्यक्रममा नगरभित्र भएका कामको फेरहिस्त प्रस्तुत गर्दै उनले भने, ‘अघिल्लो कार्यकाल मेरो लागि पहिलो थियो, अनुभव थिएन, अहिले अनुभव भयो, विकास गतिविधि हिँडेको होइन, दौडिरहेको छ ।’

    नगरप्रमुख महर्जनका अनुसार हालसम्म नगरस्तरीय दुई सय २३  योजना सम्झौता भइसकेको छ । आर्थिक वर्ष २०७९/२०८०का लागि नगरस्तरीय पूर्वाधार तर्फका योजना संख्या ३ सय २१ छन् । वडास्तरीय पूर्वाधार तर्फको ३ सय २१ योजनामध्ये एक सय ५४ योजना सम्झौता भइरहेको छ । 

    उपप्रमुख मुना अधिकारीले महिलाका लागि आर्थिक आत्मनिर्भरता महत्वपूूुर्ण भएको बताउँदै नगरपालिकाले तालिमलाई उद्यमशीलतासँग जाडेको बताइन् । उनले भनिन् ‘मेरो अघिल्लो कार्यकालमा धेरै तालिम सञ्चालन भयो, अब तालिमलाई उद्यमशीलतासँग जोड्नुपर्छ भनेर लागेका छौं ।

    प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले सार्वजनिक सुनुवाई कार्यक्रममा नगर गौरवका आयोजनाहरूको अवस्था, पूर्वाधार निर्माण, सुशासन र सेवा प्रवाह, कृषि, शिक्षा, सूचना प्रविधि, उद्योग तथा सहकारी, वातावरण, स्वास्थ्य, कानून क्षेत्रमा भएको कामको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij