
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडाैं । सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकोमा आज सुनुवाई हुँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमवार रिट दायर गर्नुभएको थियो ।
जसको सुनुवाई मंगलवारका लागि तोकिएको छ । आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व महानगरको भएकाले कानून विपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न रिटमा माग गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij