Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

बालेनविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

बालेनविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश  सुष्मालता माथेमाको इजलासमा परेको छ । यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो ।

    images
    images
    images

    मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

    अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij