Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

छात्रवृत्ति उपलब्ध गराउन महानगरको निर्देशन

छात्रवृत्ति उपलब्ध गराउन महानगरको निर्देशन

  •  काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब, जेहेनदार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आफ्नो क्षेत्रभित्रका निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    महानगरपालिकाका मेयर बालेन्द्र साहले सार्वजनिक अपिल गर्दै नियमअनुसार छात्रवृत्ति दिन नमान्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ । साथै यस विषयमा आनाकानी गर्ने विद्यालयबारे महानगरपालिकाको कल सेन्टर ११८० मार्फत आफूहरूलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

    महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शतप्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्ने व्यवस्था छ ।

    साथै, त्यस्ता विद्यालयले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था पनि उक्त नियमावलीमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij