
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडाैं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेस थकाली नियुक्त भएका छन् । बैंकको वैशाख १३ गते साँझ बसेको संचालक समितिको बैठकले थकालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
उनको चार वर्षे कार्यकाल आगामी जेठ १४ गतेदेखि सुरु हुने छ । चार्टर्ड एकाउण्टेण्टसमेत रहेका थकालीसँग सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।
उनले प्रभु क्यापिटलको प्रवन्ध निर्देशक पदमा रहेर पनि काम गरेका छन् । प्रभु क्यापिटलमा काम गरेपछि उनी प्रभु बैंकमा गएका थिए । प्रभु बैंकमा उनी चिफ बिजनेश अफिसर थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij