
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यवाहक राष्ट्रपति यादवसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।
सो अवसरमा निर्वाचन सम्पन्न गरी संवैधानिक र कानुनी दायित्व पूरा गरेकोमा कार्यवाहक राष्ट्रपति यादवले आयोग र सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरेका छन् । स्वच्छ, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले अवगत गराएका थिए ।
कार्यक्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, आयोगका सचिव गोर्कणमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेललगायत सहभागी थिए । कानुनी व्यवस्थाअनुसार निर्वाचनको परिणाम सार्वजनिक भएको एक साताभित्र सो प्रतिवेदन बुझाउनुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij