
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन् । बिहीबार मेयर बालेनले प्राधिकरणविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।
प्राधिकरणले आफूलाई सोधेको स्पष्टीकरण संविधानसम्मत नभएको भन्दै मेयर बालेन प्राधिकरणविरुद्धकै रिट लिएर उच्च अदालत गएका हुन् । उनले प्राधिकरणले सोधेको स्पष्टीकरण बदर गर्न माग गरेका छन् ।
काठमाडौंको सिनामंगलमा प्राधिकरणले नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा काम रोकिदिएको थियो । त्यसबारे प्राधिकरणले बालेनसहित महानगरलाई प्रष्टीकरण सोधेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij