
May 13 2025 | २०८२, वैशाख ३० गते
बुटवलको अमरपथस्थित बालाजी सुनचाँदी पसल शिल गरिएको छ । कालिदह नाका हुँदै नेपालबाट भारततर्फ लैजादँै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको झण्डै २ किलो सुनको अनुसन्धानका क्रममा बालाजी सुनचाँदी पसलको संलग्नता देखिएपछि शिल गरिएको हो ।
अनुसन्धानका क्रममा सुनसहित पक्राउ परेका दाङका हुमानन्द गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले जानकारी दिए । शसस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले १ केजी ९६५ दशमलव ३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो ।
करिब २ करोड मुल्यको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधान अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij