Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । सिद्घार्थ बैंक लिमिटेडले २०७९ आषाढ २८ गते बिहीवार काठमाडौं स्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९६ -५ एक्स्टेन्सन् काउन्टर सहित० पुगेको छ ।
निक्षेप तथा कर्जा साथै सजिलो बैंकिङ्ग सेवा ९शाखारहित बैंकिङ्ग०, एटिएम, पि ओ एस् मेसिनको सुविधा प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसेर बैंकको वेबसाइटमा रहेको EasyBank Portal (https://easybank.siddharthabank.com/) मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा तथा ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको ग्लय क्रेडिट कार्ड जस्ता सेवा मार्फत बैंकले उच्चस्तरिय आधुनिक बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
“सम्बन्ध सधैभरीलाई” भन्ने नारा अवलम्बन गर्दै बैंकले “सिद्घार्थ केयर” मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ । साथै, बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij