
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । ललितपुर महानगरपालिकाले १ सय ६ बर्ष पुरानो दमकल मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । करीब ३५ वर्षदेखि बिग्रिएर थन्किएको यो दमकल पुल्चोकका स्थानीय मोहनप्रसाद नकर्मीले मर्मत गरेका हुन् ।
प्राविधिकहरुका अनुसार यो दमकलमा टाइमिङ गेयर र टाइमिङ चेन बिग्रिएको थियो । झण्डै छ वर्षको खोजीपछि अमेरिकामा भेटिएका यी सामान जडानपछि अहिले दमकल प्रयोग गर्न मिल्ने अवस्थामा आइपुगेको छ ।
यो दमकल प्रयोग गर्न सजिलो रहेको प्राविधिकहरुको दावी छ । छिटो आगो निभाउन सक्ने क्षमता भएकाले विगतमा यसले आगलागीका ठूला घटनाबाट मानववस्तीलाई जोगाएको उनीहरुको भनाई छ ।
मेयर महर्जन विजयी भएर आएपछि ६ बर्षअघि मदमकल मर्मतको चर्चा थियो । दमकलको स्पेयस्र पार्ट खोज्न समय लागेकाले ढिलो मर्मत गर्नु परेको महानगर श्रोतको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij