Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घुस लिएको आरोपमा वरिष्ठ हवल्दार नियन्त्रणमा

घुस लिएको आरोपमा वरिष्ठ हवल्दार नियन्त्रणमा

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत वरिष्ठ हवल्दारलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएकाे छ।

    onlinepatrika
    Arghakhachi

    बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट अख्तियारको टोलीले विष्णु सिंहलाई नियन्त्रणमा लिएकाे हो। अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए । 

    AGNI GROUP

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सोही सूचनाको आधारमा सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ । सिंहलाई उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित पक्राउ गरिएको अख्तियारले जनाएकाे छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij