Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया फूलमाया जिरेल रहेको प्रहरीले जनाएको छ ।
पीडितबाट पटक पटक गरी ३ लाख ७४ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij