Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । काठमाडौंमा ट्याक्सी व्यवसायीले आन्दोलन गरेका छन्। नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले आन्दोलन गरेका छन्।
त्यस्तै, ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानु पर्ने कानुन खारेज गर्नुपर्ने, नेपालभरिका ट्याक्सी भाडादर एउटै कामय गरी अन्तर्राष्ट्रिय नीति लागु गर्नुपर्ने लगायतका ९ बुँदे माग उनीहरुले राखेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij