Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वनभित्र खानेहरु अख्तियारको फन्दामा !

वनभित्र खानेहरु अख्तियारको फन्दामा !

  • काठमाडौँ । इलामको पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    आयोगले इलाम माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमार बहादुर ​​​​​​बराईलीलाई १५ लाख पाँच हजार ९ सय ३० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपरको माग दाबी गर्दै मुद्दा दायर गरेको हो । 

    AGNI GROUP

    प्रवक्ता भोला दाहालका अनुसार बराईलीले प्रक्रिया नपुर्याई लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी वन उपभोक्ता समूहको निर्णयविना आफूअनुकूल कागजात पारेको, मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा ४ लाख रुपैयाँ खर्च गरेको लगायत आरोपमा मुद्दा दायर गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij