
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । एभरेष्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को संञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो प्रस्तावित लाभांश पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँ छ । कम्पनीले गत वर्ष १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij