Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आन्दोलनरत शिक्षकसँग कांग्रेसले छलफल गर्ने

आन्दोलनरत शिक्षकसँग कांग्रेसले छलफल गर्ने

  • काठमाडौं । संसदमा दर्ता भएको विद्यालय शिक्षा विद्ययेकबारे आन्दोलनरत शिक्षकसँग नेपाली कांग्रेस संसदीय दलले छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा कांग्रेसले शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्न लागेको हो । संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे आज र भोलि (बुधबार)का लागि छलफल तय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारी, बाल विकास शिक्षक समितिकी अध्यक्ष कृष्णकुमारी मगर, नगरपालिका महासंघका अध्यक्ष भीम ढुंगानालगायत विभिन्न संघसंगठनका प्रतिनिधिलाई सो छलफलका लागि बोलाइएको छ ।

    AGNI GROUP

    आन्दोलित शिक्षक र सरकारबीच ६ बुँदे सहमति भइसके पनि राहतलगायत शिक्षकहरूले भने असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij