Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौँ । बर्दिया राजपुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १४ हजार पाँच सय घुस लिएको आरोपमा प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

    AGNI GROUP

    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनका लागि घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको छ । १४ हजार पाँच सय बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जनाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij