Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ । बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरे ।
जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसीका नाममा नागरिकता जारी गरेको थियो ।
प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij