Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । आज एक सूचना प्रकाशित गरी प्राधिकरणले दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो ।
दशौं तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, २ सहायक निर्देशक, ४ सहायक प्रबन्धक, ९ प्रशासकीय अधिकृत, ७ लेखा अधिकृत, १ कानुन अधिकृत, ३८ इन्जिनियरलगायत सहायक स्तरका विभिन्न पदहरूमा प्राधिकरणले दरखास्त माग गरेको छ ।
यस्तै, विभिन्न प्रदेशका लागि मिटर रिडिङ सुपरभाइजर ७६ जना, लेखापाल ६२, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९, सुपरभाइजर तहको मेकानिकल समूहमा २२, सुपरभाइजर तहको सिभिल समूहमा १२, सिनियर मिटर रिडर ५४, सहायक लेखापाल ६२, फोरमेन १८४, इलेक्ट्रिसियन १३४ र जुनियर मिस्त्री २२ जना का लागि प्राधिकरणले दरखास्त आह्वान गरेको छ । आगामी १४ मंसिरसम्म योग्यता पुगेका व्यक्तिहरूले दरखास्त दिइसक्नुपर्ने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij