Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडासचिव शिव कुमार महतोविरुद्ध आफू जिवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ ।
महतोले निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीको जिवित श्रीमानको मृत्यु भएको भनी बद्नियतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
गलत लिखित तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानीनोक्सानी पुर्याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोेपपत्र दायर भएको आयोगले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij