
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ए. एण्ड वि वेमरेज इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । पानीको बोतलमा किरा भेटिएपछि महानगरले सोमबार ए. एण्ड वि वेमरेज इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।
महानगरले ए.एण्ड वि वेमरेज इन्ड्रस्टिजको पानीको बोतलमा किरा भेटिएको जनाएको छ । महानगरले सात दिनभित्र उक्त जरिवाना बुझाउन निर्देशन दिएको छ । सो समयभित्र जरिवाना रकम नबुझाए थप कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij