Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । कजाकिस्तानको अल्माटी सहरमा एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ ।
“आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ”, विभागले एक विज्ञप्तिमा भनेको छ, “कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको हो ।”
आगलागी हुँदा उक्त छात्रावासमा ७२ जना रहेको र ५९ जनालाई सुरक्षित बाहिर निकालिएको विभागले बताएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij