
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आउँदो पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिने भएको आयोगले जनाएको छ । त्यसमाथि दाबी विरोध गर्न दुई दिनको समय दिएको छ भने पुस २२ मा अन्तिम नामावली प्रकाशित हुनेछ ।
पुस २३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गरिने आयोगले जनाएको छ । त्यसको भोलिपल्ट उम्मेदवार विरुद्ध उजुरी दिने समय दिइएको छ भने त्यसमाथि छानबिन गरी पुस २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । उम्मेदवारी फिर्ता लिने समय पुस २७ गते तोकिएको छ ।
त्यस्तै, पुस २८ मा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । त्यसपछि माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले त्यही दिन मतगणना हुने जनाएका छन् । राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदैछ । रिक्त पदमा निर्वाचन हुन लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij