Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

काठमाडौंमा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध

काठमाडौंमा प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । महानगर प्रहरी बलले भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि हटाएको छ ।

    images
    images
    images

    काठमाडौं महानगरपालिकाले यसअघि तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको हो । क्रिसमस डे हरेक वर्ष २५ डिसेम्बरमा मनाइने गरिन्छ । नेपाली पात्रो अनुसार यस वर्ष क्रिसमस डे पुस ९ गते परेको छ ।

    क्रिसमस डेको अवसरमा क्रिसमस ट्रिलाई झिलिमिली बत्तीले सजाएर राख्ने चलन छ । प्लास्टिकका क्रिसमस ट्रि, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij