Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सेतोपुलको ढलभित्र फसेका मजदुरको उद्धार

सेतोपुलको ढलभित्र फसेका मजदुरको उद्धार

  • काठमाडौं । काठमाडौंको सेतोपुलनजिकै ढल निर्माणका क्रममा पुरिएका एक मजदुरको प्रहरीले उद्धार गरेको छ । पाँचथरको फिदिम घर भइ काठमाडौंको गौशाला बस्ने २५ वर्षीय योज्ञेन्द्र लिम्बूको प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो ।

    images
    images
    images

    काठमाडौं प्रहरीका अनुसार ढलको मंगलभित्र रहेका बेला अचानक माटोको ढिस्को खसेर लिम्बू पुरिएका थिए । सो सूचना प्रहरीलाई पुग्नासाथ खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो ।

    सामान्य घाइते अवस्थामा उद्धार गरिएका लिम्बूको बानेश्वर फ्रन्टलाइन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij