Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री श्रेष्ठ : भूकम्पको क्षति रोक्न हातेमालो गरौं

गृहमन्त्री श्रेष्ठ : भूकम्पको क्षति रोक्न हातेमालो गरौं

  •  काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट हुन सक्ने क्षति रोक्न तीनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक रहेको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिकाले आज बिहान भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

    AGNI GROUP

    कार्यक्रममा उपमेयर सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, महानगरका निमित्त प्रशासकीय अधिकृत सिताराम, राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल लगायत सहभागी थिए ।

    सो कार्यक्रममा विपदका बेला उल्लेख्य भूमिका खेल्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij