Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेनिटरी प्याड किन्दा भ्रष्टाचार

सेनिटरी प्याड किन्दा भ्रष्टाचार

  • काठमाडौं । सेनिटरी प्याड वितरणको बजेटमा प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    onlinepatrika
    Arghakhachi

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा हालेको हो । 

    AGNI GROUP
    अख्तियारका अनुसार सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७\०७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने सेनिटिरी प्याड लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij