Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी बैंकक प्रस्थान

एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी बैंकक प्रस्थान

  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको प्रमुख संघीय अनुसन्धान ब्युरो (एफबीआई) क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार (साउन ३) थाइल्यान्डको राजधानी बैंककतर्फ गएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि सहभागी छन् । कार्यक्रम दुई दिन चल्नेछ ।

    AGNI GROUP

    कार्कीको अनुपस्थितिमा निमित्त आईजीपीको जिम्मेवारी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई दिइएको छ ।

    प्रहरी प्रधान कार्यालयभित्रै कार्यरत एआईजीलाई निमित्त आईजीपी दिने चलन थियो । योपटक भने प्रतिष्ठानका एआईजी अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । उनी वरीयताक्रममा पहिलो नम्बरमा छन् ।

    आईजीपी कार्कीलाई एआईजीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij