Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

स्विट्जरल्यान्डकी राजदूत डा. डानिएल म्याउलीद्वारा लुम्बिनी भ्रमण

स्विट्जरल्यान्डकी राजदूत डा. डानिएल म्याउलीद्वारा लुम्बिनी भ्रमण

  • काठमाडौँ । नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत महामहिम डा. डानिएल म्याउलीले भगवान् गौतम बुद्धको जन्मस्थल तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको भ्रमण गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार राजदूत म्याउलीको भ्रमणले नेपाल र स्विट्जरल्यान्डबीच रहेको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनुका साथै शान्ति, सांस्कृतिक सम्पदा संरक्षण तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धतालाई उजागर गरेको छ।

    AGNI GROUP

    भ्रमणका क्रममा राजदूत म्याउलीले मायादेवी मन्दिर, पवित्र पुष्करणी, अशोक स्तम्भलगायत लुम्बिनी क्षेत्रका प्रमुख धार्मिक तथा ऐतिहासिक सम्पदाको अवलोकन गरेकी थिइन्। उनलाई लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए।

    निमित्त सदस्य सचिव राईले नेपालमा स्विट्जरल्यान्डले लामो समयदेखि विकास, सांस्कृतिक संरक्षण र विभिन्न सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस भ्रमणले दुई देशबीचको सहकार्यलाई अझ विस्तार गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij