Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । घुर लिने र दिनेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा हालेको छ ।
राहदानी विभागमा करारमा कार्यरत ईञ्जिनयर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत् सुमी धामी भनेर चिनिने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij