Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नीति प्रस्ताव नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पेस गरेका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा खड्काले नीति प्रस्ताव पेस गरेका हुन् ।
६५ पृष्ठ लामो नीति प्रस्तावमा खड्काले बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता नगर्ने उल्लेख गरेका छन् ।
महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेश हुनेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij