Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

महानगरपालिकाले तिरायो आफ्नै कार्यालयको क्यान्टिन सञ्चालकलाई जरिवाना

महानगरपालिकाले तिरायो आफ्नै कार्यालयको क्यान्टिन सञ्चालकलाई जरिवाना

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । क्यान्टिनको खानाका विषयमा गुनासा आएका थिए ।

    images
    images
    images

    अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा.अवधेश झाले जानकारी दिए ।

    मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो । ‘हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ । झाले भन्नुभयो, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन्,’ उनले भने ।

    अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij